काठमाडौं । भोलि देशैभर सार्वजनिक बिदा हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा भोलि सार्वजनिक विदा हुने भएको हाे ।
सरकारले हरेक वर्ष गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ ।
भोलि बैंकिङ, शेयर बजार, बीमा कम्पनी र सरकारी कार्यालयहरु पनि बन्द हुनेछन् । भोलि बजेट भाषन पनि रहेको छ । भोलि नै आगामी आर्थिक वर्षको बजेट भाषण पनि रहेको छ ।
गणतन्त्र दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, विभिन्न संघ संस्थाहरूले पनि आआफ्ना किसिमले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् ।