ट्राफिक प्रहरीलाई विद्युतीय टेम्पो हस्तान्तरण

ट्राफिक प्रहरीलाई विद्युतीय टेम्पो हस्तान्तरण

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • ट्राफिक प्रहरीलाई विद्युतीय टेम्पो हस्तान्तरण

    काठमाडौं । सुनसरीको इटहरीका एक जना व्यवसायीले ट्राफिक प्रहरीलाई ४ वटा विद्युतीय टेम्पो हस्तान्तरण गरेका छन् । अटो सीटी बजाज सो–रुमका सञ्चालक प्रदीपकुमार सन्थालियाले आइतबार इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय परिसरमा विद्युतीय टेम्पो हस्तान्तरण गरेका हुन् । 

    सन्थलियाले कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङलाई टेम्पो प्रदान गरे। उक्त टेम्पोहरु डीआईजी खापुङले कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेललाई हस्तान्तरण गरेका छन्। विद्युतीय सवारीसाधनले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने खापुङले बताए। उनले सहयोग प्राप्त भएको विद्युतीय सवारीसाधनको प्रयोग गरी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए।
     
    व्यवसायी सन्थलियाले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि आफूले ४ वटा विद्युतीय टेम्पो हस्तान्तरण गरेको बताए। एसपी पौडेलले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले काम गरिरहेको जानकारी दिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij