आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन सतर्कता केन्द्रको निर्देशन

आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन सतर्कता केन्द्रको निर्देशन

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन सतर्कता केन्द्रको निर्देशन

    काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन सबै प्रदेश सरकारलाई निर्देशन दिएको छ । केन्द्रले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा ट्रायलका लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन दिएको हो। 

    परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी शुल्क उठाउने गरेको उजुरीपछि सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई पत्राचार गरी परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो। 

    केन्द्रले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था नभएको बताएको छ। 

    ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सो कार्यान्वयनको जानकारी केन्द्रलाई उपलब्ध गराउन निर्देशन दिइएको केन्द्रले जनाएको छ ।

    license.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij