रामपुरमा गोरु हत्याको अभियोगमा दुईजना पक्राउ

रामपुरमा गोरु हत्याको अभियोगमा दुईजना पक्राउ

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • रामपुरमा गोरु हत्याको अभियोगमा दुईजना पक्राउ

    काठमाडौं । पूर्वी पाल्पाको रामपुरमा गोरु हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोेदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

    गत मंगलबार रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई उनीहरुले कोदालो प्रहार गरि हत्या गरेका थिए ।

    गोरु हत्या गरेको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जजाएकाे छ । ती व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij