काठमाडौंका यी स्थानमा आजदेखि ५ दिन विद्युत आपूर्ति बन्द

काठमाडौंका यी स्थानमा आजदेखि ५ दिन विद्युत आपूर्ति बन्द

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • काठमाडौंका यी स्थानमा आजदेखि ५ दिन विद्युत आपूर्ति बन्द

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आजदेखि पाँच दिन दैनिक ४ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्दअन्तर्गत विद्युतीय वितरण लाइन भूमिगत गर्ने भएकोले विद्युत अवरुद्ध हुने जनाएको छ । 

    आज १३ गतेदेखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । आज साँखु बजार र छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

    पर्सि १४ गते सुविधानगर, सिनामङ्गल र भिमसेनगोला क्षेत्र विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै १६ गते सोल्टी मोडदेखि कलङ्की क्षेत्र, १७ गते मैत्रीनगर र  ट्याङ्गलाफाँट क्षेत्र र १८ गते फिकल चोकदेखि बाबा चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij