अत्यधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु

अत्यधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु

शनिवार, जेठ १२ २०८१
शनिवार, जेठ १२ २०८१
  • अत्यधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु

    झापा । झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ ।हिजो शुक्रबार जिल्लाको मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको छ । दिउँसो मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पूलछेउमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

    नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको हाे । दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्कँदै थिए ।

    स्थानीयले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन् ।त्यस्तै हिजो नै अपराह्न बुद्धशान्ति गाउँपालिकाको जयपुरमा एक बेवारिसे शव फेला परेको थियो । मागिखाई हिँड्ने अन्दाजी ६०–६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशङ्का गरिएको छ ।

    हिजो झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो । यो तापक्रम यस वर्षको सर्वाधिक हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij