सुनको लेपन लगाइएको कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सुनको लेपन लगाइएको कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • सुनको लेपन लगाइएको कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    काठमाडौं । सुनको लेपन लगाइएको कपडासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानी रहेका छन् । 

    उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

    एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । सो क्रममा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको थियो ।

    पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद भएको छ ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij