काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो । तर इजलासले ३ दिन मात्र म्याद थपेको गरेको छ । नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई गत मंगलबार पक्राउ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले उनीलाई कार्यकक्षबाट पक्राउ गरेको थियो।
पक्राउ परेका उनलाई त्यसैरात गाडीमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा पुर्याइएको थियो। सुरूमा बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो। उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुनस् अदालतमा पेश गरिएको हो।
जसपछि न्यायाधीश ज्ञवालीले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।