काठमाडौं । बर्दियाबाट काठमाडौँ जाँदै गरेको यात्रु बस दाङमा दुर्घटना हुंदा दुुई जनाको ज्यान गएको छ । थप दुुई जना घाईते भएका छन् । प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको रात्री सेवाको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति ११ वजे दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ज्यान गुुमाउनेमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरी रहेका छन् । प्रहरीका अनुुसार, बसमा ४७ जना सवार रहेकामा दुई जना घाइते भएका छन् । अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उता तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि करिव पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरीले जनाएको छ । ट्रक चालकको खोजी भइरहेको उहाँले बताउनुभयो । ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।