काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ । रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू बन्द गरिएको थियो।
धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा परेको खाल्डो पुरेपछि उडान अवतरण सबै खुलेको छ । साथै विमानस्थलमा अवतरणको तयारीमा रहेका केही जहाजहरू आकाशमै होल्ड भएका थिए ।
थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आइरहेको मेलसिया एयरलाइन्स लगायत होल्ड गरेका थिए भने आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत पनि होल्डमा थिए ।