आर्थिक मन्दीका कारण मकवानपुरमा ३ सय ७४ साना उद्योग बन्द

आर्थिक मन्दीका कारण मकवानपुरमा ३ सय ७४ साना उद्योग बन्द

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • आर्थिक मन्दीका कारण मकवानपुरमा ३ सय ७४ साना उद्योग बन्द

    बागमती । आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा ३ सय ७४ वटा साना उद्योग बन्द भएका छन् । 

    घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यस अवधिमा उद्योगतर्फ १ सय ६७ र वाणिज्यतर्फका २ सय ७ उद्योगको लगत कट्टा भएको छ । अघिल्लो आव आर्थिक बर्ष २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २ सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।

    बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए । 

    घरेलु तथा साना उद्योग कार्यालयमा चालु आर्थिक बर्षको १० महिनामा उद्योगतर्फ तीन सय २३ र वाणिज्यतर्फ दुई ९१ गरी ६ सय १४ नयाँ उद्योग दर्ता भएको छन् । आव २०७९/८९ मा उद्योगतर्फ ५ सय ७९ र वाणिज्यतर्फ ४ सय ३० गरी एक हजार नौ उद्योग दर्ता भएको थिए ।

    चालु  आर्थिक बर्षमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

    उक्त अवधिमा वाणिज्यतर्फ १६ वटाको नामसारी, २५ वटाको ठाउँसारी, सात सय ७७ वटाको पूँजी वृद्धि, एक हजार दुई सय १४ उद्योगको नवीकरण, दुई सय सातवटाको लगत कट्टा तथा ४१ उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालले भने। नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा २ करोड ६३ लाख २२ हजार ३ सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij