सहकारी पीडितहरु आजदेखि फेरि आन्दोलनमा

सहकारी पीडितहरु आजदेखि फेरि आन्दोलनमा

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • सहकारी पीडितहरु आजदेखि फेरि आन्दोलनमा

    काठमाडौं । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् । 

    देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन भएको छ ।

    शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।

    सरकारले आफूहरूसँग दुई पटकसम्म सम्झौता गरेको भए पनि सम्झौता कार्यान्वनय नभएपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको बताएका छन् भने आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाइएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij