काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । केन्द्रले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १३ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।
केन्द्रले सिनियर रजिष्ट्रार/ रजिष्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी २ जना, सिनियर रजिष्ट्रार/ रजिष्ट्रार रेडियोलोष्ट्रि २ जना, सिनियर रजिष्ट्रार/रजिष्ट्रार नेफ्रोलोष्ट्रि २ जना, रजिष्ट्रार युरोलोजी १ जना, ल्याव टेक्निसियन २ जना, असिष्टेन्ट फर्मसिष्ट ३ जना र रेडियोग्राफर १ जना माग गरेको छ ।
इच्छुक योग्य उमेद्वारहरुबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कारबाही गरिने छैन सूचनामा भनिएको छ ।
दरखास्त फारम, शैक्षिक योग्यता र परीक्षा मिति लगायतका जानकारी केन्द्रको सूचना पाटीमा राखिने जानकारी पनि केन्द्रले दिएको छ ।
