आजको मौसम : तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात

आजको मौसम : तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • आजको मौसम : तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सफा छ । 

    विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

    उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij