रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

    मुगु । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक कर्मचारी घाइते भएका छन् ।

    यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । 

    जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम  घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

    घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij