टिपरको ठक्करबाट ग्वार्कोमा एक जनाको मृत्यु

टिपरको ठक्करबाट ग्वार्कोमा एक जनाको मृत्यु

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • टिपरको ठक्करबाट ग्वार्कोमा एक जनाको मृत्यु

    काठमाडौं ।  ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् ।

    बुधबार राति १० बजे ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिएको थियो।

    गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी बी एन्ड बी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    सीसीटीभीको भिडियो हेर्दा मोटरसाइकललाई टिपरले ठक्कर दिएकोको जस्तो देखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको छ भने मृतक यादवको शव अस्पतालमै छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij