तीनवटा चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ

तीनवटा चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • तीनवटा चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ

    काठमाडौं । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई चोरी गरिएका तीन वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
     
    पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई– ३ का १८ वर्षीय सम्रिक चुँडाल रहेका छन्। 

    कनकाई नगरपालिका– ३ र ४ मा चोरीको मोटरसाइकल रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरूको साथबाट प्रदेश १–०२–०१ प ३१४६ नम्बरको केटीएम डुक, मे ९ प ६४६१ नम्बरको एनएस, प्रदेश ३–०२–००९ प ५२२१ नम्बरको क्रोश फायर मोटरसाइकल बरामद गरेको थियो । पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij