दाङमा वडाध्यक्षमाथि कार्यकक्षभित्रै भाला प्रहार, अवस्था गम्भीर

दाङमा वडाध्यक्षमाथि कार्यकक्षभित्रै भाला प्रहार, अवस्था गम्भीर

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • दाङमा वडाध्यक्षमाथि कार्यकक्षभित्रै भाला प्रहार, अवस्था गम्भीर

    काठमाडौं । दाङ देउखुरीको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ । मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो ।

    उनको अवस्था गम्भीर छ । हाल उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

    राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४ः३० बजे छातीको वायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घाइते भएका वडाध्यक्षलाई उपचारका लागि लमही अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ भने वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण खुलेको छैन ।

    घटनाको बारेमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij