काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ परेका सिरोहियालाई हवाइजहाजमार्फत जनकपुुर लगिदै छ ।
जिल्ला अदालत, धनुषाले आज सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालय, धनुषामा नागरिकता सम्बन्धी कसुरमा वैशाख तेस्रो साता निवेदन परेको थियो।
यता सिरोहियाले आफ्नो नागरिकता सही भएको दावी गर्दै गृहमन्त्री रबि लामिछानेको व्यक्तिगत प्रतिशोधले आफूविरुद्ध झुटो आरोप लगाइएको बताए । आफूमाथि गृह प्रशासनले बदनियतसाथ छानबिन गर्न लागेको उनको आरोप थियो।