भौतिकमन्त्री रघुबीर महासेठको सम्पति : २ करोड २५ लाख नगद, ४३ लोला सुन

भौतिकमन्त्री रघुबीर महासेठको सम्पति : २ करोड २५ लाख नगद, ४३ लोला सुन

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • भौतिकमन्त्री रघुबीर महासेठको सम्पति : २ करोड २५ लाख नगद, ४३ लोला सुन

    काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

    सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।

    यस्तै, २ करोड २५ लाख रूपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij