गृहमन्त्री रवि लामिछानेको सम्पत्ति : सुनमात्रै ८० तोला, अधिकांश सम्पत्ति श्रीमतीको नाममा

गृहमन्त्री रवि लामिछानेको सम्पत्ति : सुनमात्रै ८० तोला, अधिकांश सम्पत्ति श्रीमतीको नाममा

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • गृहमन्त्री रवि लामिछानेको सम्पत्ति : सुनमात्रै ८० तोला, अधिकांश सम्पत्ति श्रीमतीको नाममा

    काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णयअनुसार लामिछानेले आफ्नो र श्रीमती निकिता पौडेलको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

    मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ । विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।

    त्यस्तै लामिछानेले आफूसँग करिव ८० तोला सुन रहेको पनि उल्लख गरेका छन् ती सबै आमा बुवा र श्रीमतीबाट प्राप्त गरेको उनले बताएका छन् ।

    यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।

    यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij