काठमाडौं । लमजुङमा डेढ साता अघिदेखि बेपत्ता २० बर्षीय युवा मर्स्याङ्दीमा मृत फेला परेका छन् । हराइरहेका बेसीशहर नगरपालिका– ६ तल्लो मकैडाँडा गाउँ निवासी हरिराम रिमाल मस्र्याङ्दी नदिमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
उनी आफ्नै घर नजिक रहेको मस्र्याङ्दी नदीको बिच भागमा मृत अवस्थामा फेला परेको छ । उनको आज पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।
गत गत बैशाख २८ गते साँझदेखि उनी हराएका थिए । सो दिन साँझ खाना खाएपछि छिमेकीकोमा सुत्ने जाने उनी मस्र्याङ्दी गाउँपालिका– ७ को बडागाउँमा रहेका उनका साथीलाई भेट्न भनेर गाउँबाट हिडेको पनि साथीकोमा नपुग्दै बाटैबाट हराएका हुन् ।
उनको शव आज बेलौती बिसौना नजिकै रहेको मर्स्याङ्दी नदीको बिच भागमा मृत अवस्थाको मानिस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगतै जिल्ला प्रहरीको टोली र स्थानीयले नदीबाट शवको उद्दार गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मर्स्याङ्दी नदीको बिच भागमा शब भएकाले डुंगाको माध्यमबाट शवको उद्दार गरी नदी किनारामा ल्याउने काम भएको हो ।