प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता

प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलनको दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिन युगान्डा पुगेका दहाल आईतवार बिहान स्वदेश फर्किएका हुन् । उनी केही बेरअघि ९ः०० वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुुन् ।

    प्रधानमन्त्री प्रचण्डको नेपाल आगमनका दौरान विमानस्थलमा केही उठानहरू प्रभावित भएका थिए । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बिहीबार युगान्डा प्रस्थान गरेका थिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी थिए । 

    असंलग्न आन्दोलनको संस्थापक सदस्य नेपाल त्यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij