काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना सहसचिवको सरूवा गरेको छ। शुक्रबार मन्त्रालयले २९ जना सहसचिवको सरूवा गरेको हो।
गृह मन्त्रालयमा रहेका नारायण प्रसाद रिसालको अर्थ मन्त्रालयमा सरूवा भएको छ। अर्थमा रहेका सेवन्तक पोखरेल मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा सरूवा भएका छन्। यस्तै परराष्ट्रका सहसचिवमा रहेका छविन्द्र पराजुलीको कोशी प्रदेशको प्रदेश सचिवमा सरूवा भएको छ।
वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशबाट गृह मन्त्रालयमा सरूवा भएको छ। परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको प्रदेश सचिवमा पठाइएको छ।
