काठमाडौं । दाङमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो ।
हत्या हुनेमा घोराही उपमहानगरपालिका–१० पहेलपार निवासी अन्दाजी ५० वर्षीया जुपली बुढा र सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका–२ चनाबारी घरभई घोराही उपमहानगरपालिका–१० नारायणपुरमा बस्दै आएकी अन्दाजी ४४ वर्षीया संगीता सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बुढाको घरको भान्सा कोठामा बन्चरो प्रहार गरि हत्या भएको छ । प्रहरीका अनुसार मृतक बुढाको टाउकोमा पछाडी दुई ठाउँ र सुनारको टाउको एक ठाउँ चोट लागेको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।