३ लाख धरौटीमा छुटे जलहरी प्रकरणका आरोपी थापा

३ लाख धरौटीमा छुटे जलहरी प्रकरणका आरोपी थापा

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • ३ लाख धरौटीमा छुटे जलहरी प्रकरणका आरोपी थापा

    काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाइएका पशुपति विकास कोषका पुर्वसदस्यसचिव डा.मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतका न्यायाधीसद्वय डा। खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापासहित तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र अरुण श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij