चितवन । भारतीय नम्बरप्लेटको आज बिहान जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट सो जीप त्रिशूलीमा खसेको हो ।
प्रहरीका अनुसार बिहान पौने पाँच जीप त्रिशूलीमा खसेको हो । जीप सडकबाट करिब एक सय मिटर तल खसेर पानीमा डुवेको अवस्थामा फेला परेको हो । बिहान साढे सात वजे गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरीले जनाएको छ । सो जीपमा के कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।
त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली बिहान छ वजेदेखि परिचालन गरिएको थियो । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि टोली घट्नास्थलमा खटाइएको हो ।