कला, संस्कृति र सम्पदा पर्यटन प्रवर्द्धनसङ्ग जोड्दै मध्यपुर पर्यटन बोर्ड

कला, संस्कृति र सम्पदा पर्यटन प्रवर्द्धनसङ्ग जोड्दै मध्यपुर पर्यटन बोर्ड

शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • कला, संस्कृति र सम्पदा पर्यटन प्रवर्द्धनसङ्ग जोड्दै मध्यपुर पर्यटन बोर्ड

    भक्तपुर । मध्यपुर पर्यटन बोर्डले थिमिको कला, संस्कृति र ऐतिहासिक सम्पदालाई पर्यटन प्रवर्द्धनसङ्ग जोड्ने योजनाहरु अघि सारेको छ । मध्यपुर थिमी नगरपालिकाद्वारा गठित मध्यपुर पर्यटन बोर्डको पहिलो बैठकले मध्यपुर थिमिको कला, संस्कृति र ऐतिहासिक सम्पदा संरक्षणका साथै पर्यटन प्रवर्द्धन गर्दै व्यापारिक केन्द्रको रूपमा विकास गर्ने योजना ल्याएको हो ।

    मध्यपुर थिमीलाई समृद्ध र आकर्षक पर्यटकिय गन्तव्य बनाउने उद्देश्यले गठित बोर्डको कार्यालय, पर्यटन सूचना केन्द्र स्थापना गर्ने वेबपेज र ब्रोसर बनाउने योजना रहेको कार्यसमिती सद्स्य रमेश प्रजापतिले जानकारी दिए। त्यस्तै बोर्डले दीर्घकालीन कार्ययोजना अन्तर्गत थिमीमा कला संग्रहालय, हरिटेज लाईभ म्युजियम, होटल निर्माणमा सहजिकरण, बर्ड वाचिङ सेन्टर, सेरामिक प्रमोटिङ,  परम्परागत भाँडा बनाउने पेशा पुनस्जिवन्त  गर्ने, युवा लक्षित कार्यक्रमहरु संचालन गर्न लागेको प्रजापतिको भनाई छ ।  

    नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा गठित मध्यपुर पर्यटन बोर्डमा १५ सदस्स रहेका छन् । बोर्डको उपाध्यक्षमा नगर उप प्रमुख विजयकृष्ण श्रेष्ठ, सदस्यमा वडा नम्बर ३ का वडाअध्यक्ष कृष्णहरि आचार्य,  वडा ४ र ७ का नगर समिती सदस्य मदन श्रेष्ठ र शर्मिला बिश्वकर्मा,  पर्यटन व्वसायीतर्फ रमेश प्रजापति र श्यामसुन्दर श्रेष्ठ रहेका छन्  ।

    त्यसैगरी, भाषा, इतिहास, बुद्धिजीबीतर्फ श्याम मानन्धर, रामकृष्ण दुवाल र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । बोर्डको सदस्य सचिव भने  नियुक्त गर्न बाँकि रहेको  जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij