काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्रीले औपचारिक भ्रमण गर्न लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव मिश्रीका ेभ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भ्रमणका एजेन्डा हुनेछ । भ्रमणका क्रममा, नेपालका परराष्ट्र सचिवले भारतका विदेश सचिवसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ ।
दुई देशबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ, दुवै पक्षले नेपाल–भारत सम्बन्धका विविध आयामहरूको समीक्षा गर्नुका साथै आपसी हितका विषयहरूमा विचार आदान–प्रदान गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । भारतका विदेश सचिव मिश्री कात्तिक १९ गते स्वदेश फर्किने छन् ।