काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । लामो समयपछि भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भेटका क्रममा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र मधेश प्रदेशमा सरकार गठनका विषयमा समेत छलफल भएको थियो ।
यद्यपि, भेटमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्षबारे दुवै नेताका तर्फबाट विस्तृत जानकारी सार्वजनिक भएको छैन ।