नेपाल बारद्धारा न्यायक्षेत्रमा उठेका विषयमा अध्ययन गर्न समिति गठन

नेपाल बारद्धारा न्यायक्षेत्रमा उठेका विषयमा अध्ययन गर्न समिति गठन

मंगलवार, कार्तिक १७ २०८३
मंगलवार, कार्तिक १७ २०८३
  • नेपाल बारद्धारा न्यायक्षेत्रमा उठेका विषयमा अध्ययन गर्न समिति गठन

    काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य सदस्य रहेका छन् । 

    समितिमा नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहनुभएको छ भने सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन् । समितिले हालको न्यायालयका विषयमा उठेका टिप्पणीका तथ्य सङ्कलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि एक महिनाभित्र सुझाव दिनेछ । 

     बारका महासचिव केदारप्रसाद कोइरालाले बारको कार्यसमिति, सल्लाहकार समितिसमेतको संयुक्त बैठकमा न्यायपालिकासम्बन्धी समसामयिक अध्ययन गर्न उक्त समिति बनाइएको बताए । बिचौलिया इनम सापकोटा प्रकरणमा प्रधानन्यायाधिश लागायतका न्यायाधिश जोडिएपछि बारले सो समिति गठन गरेको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij