पृथ्वी राजमार्गमा आज पनि दुई घण्टा सवारी चलाउन नपाइने

पृथ्वी राजमार्गमा आज पनि दुई घण्टा सवारी चलाउन नपाइने

मंगलवार, कार्तिक १७ २०८३
मंगलवार, कार्तिक १७ २०८३
  • पृथ्वी राजमार्गमा आज पनि दुई घण्टा सवारी चलाउन नपाइने

    काठमाडौं । पृथ्वी राजमार्गमा आज दिउँसो दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पृथ्वी राजमार्गको मझिमटार खण्डमा आज मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो । 

    जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार, बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो । 

    यसअघि सोही कार्यका लागि सोमबार तीन घण्टा सवारी आवागमन बन्द गरिएको थियो । सोमबार काम नसकिएकाले आज पुनः सवारी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij