काठमाडौं । अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनको नतिजा प्रप्त हुन थालेको छ । प्राप्त नतिजाले राष्ट्रपति ट्रम्पलाई धक्का पुग्ने देखिएको छ । यसअघि रिपवलिकन उमेद्वार विजयी हुंदै आएका कतिपय स्थानमा डेमोक्रेटिक उमेदवार विजयी भएको पछिल्लो समाचारमा जनाइएको छ ।
नर्थ क्यारोलाइनामा डेमोक्रेटिक उमेदवार तथा पूर्वगभर्नर रोय कूपरले रिपब्लिकन उमेदवार माइकल वाटलीलाई पराजित गर्दै सिनेट सिट जितेका छन् । कूपरले तेस्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका रिपब्लिकन सिनेटर थोम टिलिसको स्थान लिनेछन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ठूलो र सुन्दर विधेयक’प्रति असहमति जनाउँदै टिलिसले चुनावबाट बाहिरिने निर्णय गरेका थिए । पछिल्ला तीनवटा राष्ट्रपतीय चुनावमा ट्रम्पलाई समर्थन गरेको नर्थ क्यारोलाइनामा कूपरको जित डेमोक्रेटिक पार्टीका लागि महत्वपूर्ण उपलब्धि हो ।
एसोसिएटेड प्रेस (एपी) का अनुसार, जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफ पनि पुनः निर्वाचित भएका छन् । उनले रिपब्लिकन उमेदवार तथा प्रतिनिधिसभा सदस्य माइक कोलिन्सलाई पराजित गरेका हुन् ।
यसैगरी, डेलावेयरमा क्रिस कुन्स, म्यासाचुसेट्समा एड मार्की र न्यु ह्याम्पसायरमा क्रिस पापासले सिनेट चुनाव जितेका छन् । पापासले रिपब्लिकन उमेदवार जोन सुनुनुलाई पराजित गरेका हुन् । डीडब्ल्यू