राष्ट्र बैंकले आजदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै

राष्ट्र बैंकले आजदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै

बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • राष्ट्र बैंकले आजदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्दै छ । बैंकको टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै आजबाट सर्वसाधारणमा असर्फी र मेडालियन बिक्रीमा राख्ने भएको हो ।

    सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्राम चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । यी दुवै खालका असर्फी र मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएका हुनेछन् । जसलाई सर्वसाधारणले एक–एकवटा र बढीमा दुई थानसम्म किन्न सक्नेछन् ।

    सर्वसाधारणले खरिद गर्ने दिनको बजार मूल्यअनुसार असर्फी र मेडालियन किन्न सक्नेछन् । महाशाखाले आज र भोलिमात्रै बिक्रीमा राख्ने जनाएको छ । यसका लागि ११ बजेदेखि ३ बजेसम्म महाशाखामा आएर खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । 

    खरिदकर्ताले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्ता नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ । तिहारमा पुजा गर्ने लगायतका प्रयोजनका लागि यस्ता सिक्का खरिद गर्ने प्रचलन छ । 
     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij