काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० ले बढेको छ । चाँदीको मूल्य भने प्रति तोला ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य तीन हजार ७२० कायम थियो ।