तोलामै ८ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

तोलामै ८ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • तोलामै ८ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।

    यसअघि गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij