काठमाडौं । आज अमेरिकी, अष्ट्रेलियन डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार ती देशका मुद्राको भाउ बढेको हाे ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा रहेको थियो ।
आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९ पैसा छ । हिजो युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो ।
आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको थियो ।
आज स्वीस फ्र्यांकको भाउ पनि बढेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा तोकिएको छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा तोकिएको थियो ।
