काठमाडौं । रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकीनजिक भएको गोली प्रहारबाट २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।
गएराति सवा ९ बजे सोही स्थान बस्ने यादवलाई पेस्तोलको गोलीको छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार, उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ ।
घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ गोलीका छर्रा लागेको प्रहरीले जनाएको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीनवटा खाली खोका फेला परेको प्रहरीको भनाई छ। घट्नाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।