डोल्पा कारागारबाट सुरुङ खनेर भागे ८ जना कैदी

डोल्पा कारागारबाट सुरुङ खनेर भागे ८ जना कैदी

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • डोल्पा कारागारबाट सुरुङ खनेर भागे ८ जना कैदी

    काठमाडौं । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी भागेका छन् । सुरुङ खनेर उनीहरू गएराति फरार भएको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

    आज बिहान साढे ५ बजे कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू भागेको खुलेको हो । कारागारमा १७ जना कैदी थिए ।

    उनीहरूलाई राखिएको कोठाभित्रबाट बाहिरसम्म झण्डै चार मिटर लामो सुरुङ खनिएको पाइएको छ । भागेकाहरुकाे खोजी थालिएको प्रहरीको भनाइ छ । थप विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij