काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत सिन्धुलीमा भएको सडक दुर्घटनामा तीन जनाकाे मृत्युु भएको छ । थप तीन जना वेपत्ता भएका छन् । काठमाडौंबट खाेटाङ जाँदै गरेकोे जिप गएराती सुनकोसी नदीमा खस्दा चारजना घाइते भएका छन् ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ । जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
आइतबार बिहान करिब २:३० बजे को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको स्थानीयले बताएका छन् ।