दुर्गा पूजाका क्रममा भागदौड, १९ जनाको मृत्यु, दुई दर्जन घाइते

दुर्गा पूजाका क्रममा भागदौड, १९ जनाको मृत्यु, दुई दर्जन घाइते

आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • दुर्गा पूजाका क्रममा भागदौड, १९ जनाको मृत्यु, दुई दर्जन घाइते

    काठमाडौं । भारतको कोलकातामा दुर्गा पूजाका क्रममा मच्चिएको भागदौडमा १९ जनाको ज्यान गएको छ । थप दुई दर्जन बढी घाइते भएका छन् ।

    शनिबारसाँझ उत्तरी कोलकाताको चोरबागानमा सार्वजनिक दुर्गा पूजा चलिरहेको वेला भारी वर्षाका क्रममा पण्डाल भत्किदा भागदाैड भएको थियाे । ठूलो संख्यामा भक्तजन जम्मा भएका बेला साे घट्ना भएको बताइएको स्थानीय प्रहरीले जनाएको छ । 

    भारतीय सञ्चार माध्यमहरुका अनुसार भीडको चाप र ठुलो पानी परेपछि पण्डालको एक भाग भत्किँदा भागदौड मच्चिएको थियाे । घटनाबारे पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दुले अनुसन्धान गर्न आदेश दिएका छन् । 

    दुर्घटनाको कारण र व्यवस्थापनमा भएको कमजोरीबारे अनुसन्धान गर्न आदेश दिएका मुख्यमन्त्री शुभेन्दुले पिडित परिवारलाई राहत र घाइतेको उपचारकाे व्यवस्था गर्ने बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij