भन्सार छली ल्याइएको अनुमानित १४ लाख ८४ हजारको मदिरा बरामद

भन्सार छली ल्याइएको अनुमानित १४ लाख ८४ हजारको मदिरा बरामद

बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • भन्सार छली ल्याइएको अनुमानित १४ लाख ८४ हजारको मदिरा बरामद

    काठमाडौँ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका५ महलबारीबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको मदिरा बरामद गरेको छ।

    आज बिहान करिब ३स्४५ बजे भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा ठूला हरियो झोलामा मदिरा ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उक्त मदिरा फेला पारेको हो।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले महलबारीस्थित भित्री सडकखण्डमा बेवारिसे अवस्थामा मदिरा बरामद गरेको जनाएको छ।

    बरामद मदिरामा ७५० एमएलका ७४२ बोतल ‘ओल्ड मंक’ रम रहेका छन्। प्रति बोतल अनुमानित २ हजार रुपैयाँका दरले मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

    बरामद मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij