दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, रातीदेखिनै लाइन

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, रातीदेखिनै लाइन

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, रातीदेखिनै लाइन

    काठमाडौं । नेपालीको महान चाड वडादसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजबाट लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । 

    सोहि निर्णय अनुसार दसैँको अग्रिम टिकट खुला गरिएको हो । बुकिङ खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा गएरातिदेखि नै यात्रुको लामो लाइन लागेको थियो ।
    नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले गए राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको बताए।

    अग्रिम टिकट बुकिङका लागि सहज होस भन्ने उदेश्यले लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको जनाएको छ । यात्रु चापलाई मध्यनजरगर्दै सरकारले फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सवारीसाधनलाई नेपालभरका लागि रुट–परमिट खुला गरेको छ । 

    चाडपर्वको अवधिमा यात्रु बाहक सवारीलाई सहुलियत दिने उदेश्यले सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोकाजस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र सञ्चालन गर्न दिइने भएको छ । 

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैँलगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने र पूर्वनिर्धारित भाडामा नै आवातजावतको व्यवस्था गरिने जानकारी दिए । वर्षा र प्राकृतिक प्रकोपका कारण धेरै ठाउँमा बाटो बिग्रिएकाले जोखिम मोलेर कुनै पनि सवारीसाधन नचलाउन चालकहरूलाई आग्रह गरिएको उनले बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij