मोरङ । मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकमा गएराति जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना राति करिब १०ः३५ बजे भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारीका २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही स्थानका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा कुमार नेपालीको असोज १६ गते राति १२ बजे र सन्देश नेपालीको असोज १७ गते बिहान १२ः०४ बजे मृत्यु भएको हो ।
अमर नेपालीको भने विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।