नेपाल प्रहरीको आईजीपीमा मनोज केसी, कार्की सुरक्षा सल्लाहकार

नेपाल प्रहरीको आईजीपीमा मनोज केसी, कार्की सुरक्षा सल्लाहकार

बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • नेपाल प्रहरीको आईजीपीमा मनोज केसी, कार्की सुरक्षा सल्लाहकार

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा  मनोज केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद स्रोतका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको हो । 

    यसअघि २०९५३ सालमा बामदेव गौतम गृहमन्त्री हुंदा सरकारले अच्युत कृष्ण खरेललाई आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर उनी त्यहाँ हाजिर नै हुन गएनन् । उनले सर्वोच्च अदालतमा मुद्धा दायर गरे। खरेललाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो । 

    सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी भएका थिए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । पछि रमेश चन्द ठकुरीलाई पनि तत्कालिन सरकारले सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । 

    त्यतिबेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो । त्यतिवेला उनको ठाउँमा रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij