उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

    उदयपुर । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । 

    स्थानीय कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक युवकसहित गाँजा बोक्न प्रयोग गरिएका बोलेरोे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजन चापागाईले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ स्थित साँगुरी पुल नजिकैको जङ्गल र चौदण्डीगढी नगरपालिका–१ चारघरेबाट गाँजा बरामद गरेकोे । 

    प्रहरी उपरीक्षक चापागाईंका अनुसार गए राति  पनि कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरिएको छ । 

    तिनतलेबाट सिराहातर्फ उक्त गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका–२ का २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको थियो ।

      

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij