ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा योगदान पुर्‍याएको भन्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ ।

    बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) तथा फोनपे क्यूआरमार्फत हुने कारोबारमा उल्लेखनीय उपलब्धि हासिल गरेकाले बैंकले यी दुई विधामा अवार्ड पाएको हो ।

    बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा एक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गर्न तथा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने सुविधा पाउँदै आएका छन् ।

    डिजिटल बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण र बैंकले उपलब्ध गराउँदै आएको ग्राहककेन्द्रित सेवाले यो उपलब्धि हासिल गर्न सहयोग पुगेको बैंकले जनाएको छ ।

    बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी पूर्वाधारको विस्तारलाई प्राथमिकता दिँदै नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij