चन्द्रागिरि दुर्घट्नामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

चन्द्रागिरि दुर्घट्नामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

शनिवार, पौष २८ २०८०
शनिवार, पौष २८ २०८०
  • चन्द्रागिरि दुर्घट्नामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

    काठमाडौँ । काठमाडौंको चन्द्रागिरिमा भएको जिप दुर्घट्नामा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुुगेको छ । चन्द्रगिरी नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा घाइते भएकी छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय श्रीयन्स गौतम थिए । दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । 
    उता बागलङुको ढोरपाटन दुर्घटनामा परेर दुुई जनाको ज्यान गएको छ ।  बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । सो घट्नामा परेर नौ जना घाईते भएका थिए । जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको हो । लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्य छजना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका ४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपकोे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij