मन्त्रीका सल्लाहकार र नीजि सचिवलाई विदेश भ्रमण रोक्न परिपत्र

मन्त्रीका सल्लाहकार र नीजि सचिवलाई विदेश भ्रमण रोक्न परिपत्र

शुक्रवार, पौष २७ २०८०
शुक्रवार, पौष २७ २०८०
  • मन्त्रीका सल्लाहकार र नीजि सचिवलाई विदेश भ्रमण रोक्न परिपत्र

    काठमाडौं । मन्त्रीका सल्लाहकार र नीजि सचिवलाई विदेश भ्रमणमा रोक लगाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूको विदेश भ्रमणमा रोक लगाइएको हो ।

    केन्द्रले सल्लाहकारदेखि स्वकीय सचिवहरूलाई विदेश भ्रमण नगराउन भन्दै सिंहदरबारका सबै मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई परिपत्र गरेको जनाएको छ । सरकारी कोष वा नेपाल सरकारलाई दातृ निकाय र देशबाट कार्यालयको कामसँग सम्बन्धित सरकारी कर्मचारीलाई प्राप्त विदेश भ्रमणसम्बन्धी कोटामा मन्त्री र राज्यमन्त्रीले नियुक्त गरेका सल्लाहकार, स्वकीय सचिव निजामती कर्मचारीबाहेक जाने क्रम बढेसंगै राष्ट्रिय सतर्कता केन्द्रले त्यस्तो परिपत्र गरेको हो ।

    केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार विदेश भ्रमणमा खटाउँदा कार्यक्रममा वा दातृ निकायबाट पद नै तोकी माग भएका कर्मचारीको हकमा सोहीबमोजिम र अन्यको हकमा कम्तीमा अधिकृतस्तरका कर्मचारीलाई मात्र पठाउने व्यवस्था मिलाउन २०८० पुस २६ गते सबै मन्त्रालयमा परिपत्र गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यस विषयमा उजुरी परेपछि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उजुरीसहित आवश्यक कारबाहीका लागि पठाएको थियो ।

    सो पत्र प्रधानमन्त्री कार्यालयबाट आवश्यक कारबाहीका लागि केन्द्रमा आएपछि २०८० पुस २४ गते केन्द्रको सचिवस्तरीय निर्णय गरेर सबै मन्त्रालयहरूमा त्यस्तो परिपत्र गरिएको हो । २०८० मंसिर २० मा अख्तियारमा दर्ता भएको सो उजुरी २०८० मंसिर २८  गते अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij