७ फर्ममाथि वाणिज्य विभागको अनुगमन, २ व्यापारीलाई नगद जरिवाना

७ फर्ममाथि वाणिज्य विभागको अनुगमन, २ व्यापारीलाई नगद जरिवाना

मंगलवार, पौष १७ २०८०
मंगलवार, पौष १७ २०८०
  • ७ फर्ममाथि वाणिज्य विभागको अनुगमन, २ व्यापारीलाई नगद जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले सोमबार ७ फर्ममाथि अनुगमन गरेको छ । सोमबार बजार अनुगमनको क्रममा विभागले स्टेसनरी र अन्य पसललाई जरिवाना गरेको हो । 

    डेरी प्रोडक्ट्स, किराना पसल, मार्ट÷मिनि मार्ट, अन्य र हार्डवयर पसललाई जरिवाना गरेको हो  । सोमबार विभागले ७ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको २  व्यापारिक प्रतिष्ठानलाई जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले शंखमूलमा रहेका स्टेसनरी पसल र चारदोबाटोमा रहेको अन्य पसललाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij